काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले १ हजार ८६५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले साउन ३ गतेदेखि अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यस अघि गत चैत ३ गते कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र प्राथमिकतामा राखेर विक्रीमा ल्याएको थियो ।
सो समयमा ३५ दिने सूचना जारी गर्दा विक्री नभएको यी शेयर साउन ३ गतेदेखि १५ दिनभित्र आवेदन दिन सकिने गरी विक्रीमा आएको हो । इच्छुक खरीदकर्ताहरुले तोकिएको मितिभित्र कम्पनीको कार्यालय थापाथली, काठमाडौं आवेदन पेश गर्नुपर्नेछ ।
