शनिबार, २४ असोज २०८३ | ७:५७ AM
फर्स्ट माइक्रोफाइनान्सको चौथो त्रैमाससम्मको खुद नाफा १९ करोड रुपैयाँभन्दा बढी  

फर्स्ट माइक्रोफाइनान्सको चौथो त्रैमाससम्मको खुद नाफा १९ करोड रुपैयाँभन्दा बढी  

अघिल्लो वर्षको चौथो त्रैमाससम्म भने कम्पनीले १० करोड ९८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

लगानीबक्स ३ साउन २०८३ १:५२ अपराह्न

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सो अवधिसम्म कम्पनीको खुद नाफा ७३ दशमलव ६३ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्षको चौथो त्रैमाससम्म भने कम्पनीले १० करोड ९८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको ब्याज आम्दानी २२ करोड ७४ लाख रुपैयाँभन्दा बढी रहेको छ भने ब्याज खर्च १७ करोड ७२ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्ष ५५ करोड ४ लाख रुपैयाँभन्दा बढी ब्याज आम्दानी गरेको कम्पनीले ३३ करोड ८७ लाख रुपैयाँभन्दा बढी ब्याज खर्च गरेको थियो । गत वर्ष कम्पनीको कुल सञ्चाल आम्दानी २२ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

कम्पनीको इम्पेरमेन्ट चार्ज भने अघिल्लो वर्ष ९४ लाख ३५ हजार रुपैयाँ रहेकोमा गत वर्ष भने बढेर ११ करोड ८६ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । खुद नाफा बढेको कम्पनीको वितरणयोग्य नाफा पनि ५० दशमलव ७६ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ९ करोर ३ लाख रुपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा गत वर्ष भने १३ करोड ६१ लाख रुपैयाँभन्दा बढी छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ४९ लाख रुपैयाँभन्दा बढी छ भने रिटर्न अर्निग १५ करोड २६ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको जगेडा कोषमा भने ३४ करोड ८४ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ३ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने ४ अर्ब ६५ करोड रुपेयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गुणस्तरीय थोक लघु कर्जा सेवा दिने कम्पनीको रुपमा रहेको यस कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ८४ प्रतिशतदेखि घटेर २ दशमलव ८८ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३७ रुपैयाँ २६ पैसा छ ।