शनिबार, २४ असोज २०८३ | ८:०५ AM
सम्पदा लघुवित्तको ९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

सम्पदा लघुवित्तको ९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

लगानीबक्स ५ साउन २०८३ १२:०८ अपराह्न

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र जारी गर्दा विक्री नभएको उल्लेखित कित्ता शेयर अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न सक्ने गरी साउन ५ गतेदेखि विक्रीमा ल्याएको हो ।

यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरुले साउन ५ गतेदेखिको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट, नवलपरासीमा आवेदन पेश गर्न सक्नुहुनेछ ।