शुक्रबार, २३ असोज २०८३ | १:४६ AM
चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा सन्तोष बानियाँ मुख्य भूमिका

चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा सन्तोष बानियाँ मुख्य भूमिका

लगानीबक्स ५ साउन २०८३ ६:१५ अपराह्न

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मा अभिनेता सन्तोष बानियाँ मुख्य भूमिकामा अनुबन्धित भएका छन्। यसअघि नै अभिनेता रिहान गिरी पनि उक्त चलचित्रका लागि अनुबन्धित भइसकेका छन्। ‘होस्टेल ३’ बाट एकसाथ अभिनय यात्रा सुरु गरेका यी दुई कलाकार फेरि एउटै चलचित्रमा देखिने भएका हुन्।

युवा पुस्ताको मनोविज्ञान, सम्बन्ध, प्रेम, विश्वासघात तथा मानसिक संघर्षलाई केन्द्रमा राखेर निर्माण हुन लागेको यस चलचित्रको निर्देशन बलिराम चौहान ले गर्नेछन्। चलचित्रको कथा भने निर्देशक चौहान र उपाश्री खतिवडा ले संयुक्त रूपमा तयार पारेका हुन्।

रङ्गमञ्च, टेलिसिरियल तथा म्युजिक भिडियोमार्फत अभिनय यात्रा अघि बढाएका सन्तोष बानियाँले यसअघि ‘गोबर गणेश’ र ‘कस्तुरी’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन्। ‘ल्याङ्ग ल्याङ्ग’ मार्फत भने उनी पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत हुन लागेका हुन्।

स्काइफल पिक्चर्स को ब्यानरमा निर्माण हुने यो चलचित्र हाल प्रि–प्रोडक्सन चरणमा रहेको निर्माण टिमले जनाएको छ। कलाकार छनोटसहित अन्य तयारीको काम तीव्र रूपमा अघि बढाइएको छ।