काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह बिष्टलाई दोस्रो कार्यकालकालका लागि गरिएको नियुक्ति रद्द भएको छ । साउन ६ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिष्टको नियुक्तीको निर्णय रद्द गर्ने निर्णय गरेको हो । गत असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिष्टलाई २०८३ साल साउन ९ गतेदेखि २०८७ साल साउन ८ गतेसम्म सीईओमा पुनर्नियुक्ति गर्ने निर्णय गरेको थियो ।
साउन ८ गतेसम्म बिष्टले पूर्ववत् रुपमा सीईओको जिम्मेवारी निर्वाह गर्ने र साउन ९ गतेदेखि नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीका नायब महाप्रबन्धक चन्द्र मणि चौलागाईलाई निमित्त प्रमुख कार्यकारी अधिकृतिको जिम्मेवारी प्रदान गर्ने निर्णय कम्पनीले गरेको छ ।
