शनिबार, २४ असोज २०८३ | ७:५७ AM
बुद्धभूमी नेपाल हाईड्रोले दुई कम्पनीमा लगानी गर्ने 

बुद्धभूमी नेपाल हाईड्रोले दुई कम्पनीमा लगानी गर्ने 

लगानीबक्स ६ साउन २०८३ १२:२३ अपराह्न

काठमाडौं । बुद्धभूमी नेपाल हाईड्रो पावर कम्पनी लिमिटेडले दुई ओटा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडको ४३ मेगावाट क्षमताको अपर नेश्यम र २१ मेगावाट क्षमताको अपर नेश्यम ए जलविद्युत आयोजन गरी जम्मा ६४ मेगावाट क्षमताको जलविद्युत आयोजनामा ५१ प्रतिशत शेयर कायम हुने गरी लगानी गर्ने निर्णय गरेको हो । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित कम्पनीको शेयरमा लगानी गर्ने निर्णय गरेको हो ।