मंगलबार, ९ भदौ २०८३ | ३:५१ PM
युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा पाण्डे नियुक्त 

युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा पाण्डे नियुक्त 

लगानीबक्स ६ साउन २०८३ १२:३३ अपराह्न

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन् ।

साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल प्रबन्ध सञ्चालक नभएको अवस्थामा पाण्डेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डेको नियुक्तीसँगै कम्पनीले थप उचाई लिने विश्वास कम्पनीको छ ।