मंगलबार, ९ भदौ २०८३ | ३:५१ PM
नेप्से दोहोरो अंक गिरावट र कारोबार रकम दुवै घट्यो 

नेप्से दोहोरो अंक गिरावट र कारोबार रकम दुवै घट्यो 

लगानीबक्स ६ साउन २०८३ ५:४६ अपराह्न

काठमाडौं ।  आज शेयर बजार घटेको छ । बुधबार १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.१० अंकले घटेर ४७०.३१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.७७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५८ अंकले घटेको छ।

बुधबार ३४६ वटा कम्पनीको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब १८ करोड ७४ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब ४८ करोड ३६ लाखले कम हो । मंगलबार ६ अर्ब ६७ करोड १० लाख बराबर कारोबार भएको थियो । यसदिन २ वटा उपसमूह बढ्दा ११ वटा उपसमूह सबै घटेको छ । वित्त १२ र उतपादन र प्रशोधन ५१ अंकले बढ्दा बैंकिङ ४, विकास बैंक १४,होटल र पर्यटन २४, जलविद्युत २२, लगानी ०.५०, जीवन बीमा ८१, लघुवित्त २०, म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा १४०, व्यापार ९० र अन्य समूह २० अंकले घटेको छ । ९.५% एनसीसी डिबेन्चर २०८६का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।