काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । साउन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोखरा दिपसागर होटल रेष्टुरेन्ट एण्ड बारमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष ०८१।८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै आर्थिक वर्ष ०८२।८२ को लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको प्रस्ताव अघि सारेको कम्पनीले त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । साथै सञ्चालक र अन्य उप–समितिको बैठक भत्तासँगै सञ्चालक नियुक्ति अनुमोदनको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले साउन १९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा साउन १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
