मंगलबार, ९ भदौ २०८३ | ३:५२ PM
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक शेयर विक्री

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक शेयर विक्री

लगानीबक्स १५ साउन २०८३ १२:११ अपराह्न

काठमाडौं । कुमारी बैंक लिमिटेडको १५ हजार कित्ता संस्थापक शेयर साउन १५ गतेदेखि विक्रीमा आएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले साउन १५ गतेदेखि लागू हुने गरी आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा पेश गर्नुपर्नेछ । यो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।