शुक्रबार, ५ भदौ २०८३ | ९:१८ AM
नेपाल लाइफको ५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

नेपाल लाइफको ५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

लगानीबक्स २१ साउन २०८३ १०:४४ पूर्वाह्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि वितरण गरेको ५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएको जनाएको छ।

कम्पनीको गत पुस १९ गते सम्पन्न २६औँ वार्षिक साधारण सभाले उक्त बोनस सेयर पारित गरेको थियो। बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता तथा सूचीकृत भइसकेकाले कारोबारका लागि समेत व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पुस ७ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई लिखतमा रहेका सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर पठाइएको हो।

यस्तै, पुस ६ गतेसम्म आफ्नो सेयर धितो राखेर ऋण लिएका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित ऋणदाता संस्थाको नाममा रोक्का राखिएको कम्पनीले जनाएको छ। त्यस्ता सेयरधनीलाई कर्जा चुक्ता गरेपछि सम्बन्धित संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ।