मंगलबार, ९ भदौ २०८३ | ३:१७ PM
एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश वितरण गर्ने 

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश वितरण गर्ने 

लगानीबक्स २७ साउन २०८३ ११:०५ पूर्वाह्न

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले यस वर्ष पनि ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साउन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२/८३ को लागि कर समेत ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष पनि कम्पनीले ५० प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले भदौ २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय थापाथली, काठमाडौंमा विहान ९ बजे सुरु हुनेछ ।

एनआईसी एशिया बैंकको सहायक कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले मर्चेण्ट बैंकरको रुपमा सेवा प्रदान गर्दै आएको छ । आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकमाझ पुर्‍याउन “अब लाइनमा हैन क्यापिटलको सेवा अनलाईनमा” भन्ने मुल नाराका साथ अघि बढेको यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म अधिकांश सेवाहरु अनलाईनमाफृत उपलब्ध गराउन सफल भएको छ ।