मंगलबार, ९ भदौ २०८३ | ३:१७ PM
निलगिरी खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने 

निलगिरी खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने 

लगानीबक्स २७ साउन २०८३ ११:३३ पूर्वाह्न

काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्ने भएको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित भदौ १७ गते प्रथम वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा एलोफ्ट होटल ठमेल,काठमाडौंमा विहान ११ बजे हुनेछ ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । साथै गत आर्थिक वर्ष ०८२।८३ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस कम्पनीले मुस्ताङ जिल्लामा दुई ओटा जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्दै आएको छ । ३८ दशमलव ४५ मेगावाट क्षमताको निलगिरी खोला–१ जलविद्युत आयोजना र ३२ मेगावाट क्षमताको निलगिरी खाला–२ जलविद्युत आयोजनाबाट यस कम्पनीले विद्युत उत्पादन गरेको हो ।