मंगलबार, ९ भदौ २०८३ | ३:१७ PM
सामूहिक लगानीकोषको स्वामित्वमा रहेको पाल्पा सिमेन्टको शेयरको लकइन भदौ २८…

सामूहिक लगानीकोषको स्वामित्वमा रहेको पाल्पा सिमेन्टको शेयरको लकइन भदौ २८ गते सकिने

लगानीबक्स २७ साउन २०८३ ११:४८ पूर्वाह्न

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको २ लाख ८१ हजार २५० कित्ता शेयरको लकइन आगामी भदौ २८ गते सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उल्लेखित कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट गरेको मिति गत फागुन २९ गतेदेखि ६ महिनाका लागि लकइनमा रहेका थिए । लकइन अवधि सकिएपछि यी शेयर कारोबार गर्न मिल्नेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ७५ लाख कित्ता आईपीओ सर्वसाधारणमा बाँडफाँट गरेको हो । कुल कित्ता आईपीओमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि , ५ लाख ६२ हजार ५०० कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि ,२ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ४५ लाख कित्ता थप सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

संस्थापक , उद्योग प्रभावित स्थानीय र कर्मचारीतर्फको शेयर तीन वर्षका लागि लकइनमा रहेका छन् । हाल थप सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको शेयर मात्र कारोबारमा छन् । संस्थापक तर्फ भने कम्पनीको ३ करोड शेयर रहेको छ । कुल ३ करोड ७५ लाख कित्ता दोस्रो बजारमा सूचीकृत रहेको हो ।

क्लिंकर तथा विभिन्न प्रकारका सिमेन्ट उत्पादन गर्ने उदेश्य सहित स्थापित यसस कम्पनीको उद्योग नवरपरासीमा रहेको छ । यस कम्पनीले २०७७ साल वैशाखदेखि सिमेन्ट र २०७६ साल वैशाखदेखि क्लिंकर उत्पादन गर्दै आएको छ । कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ ।