मंगलबार, ९ भदौ २०८३ | ३:१७ PM
रिलायबल समृद्धि योजनाले ८.४२ प्रतिशत प्रतिफल दिने

रिलायबल समृद्धि योजनाले ८.४२ प्रतिशत प्रतिफल दिने

लगानीबक्स २८ साउन २०८३ १२:०० अपराह्न

काठमाडौं । रिलायबल समृद्धि योजनाले गत आर्थिक वर्ष ०८२।८३ को लागि ८ दशमलव ४२ प्रतिशत प्रतिफल दिने भएको छ । साउन २८ गते बसेको योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित कोषबाट कर समेत ८ दशमलव ४२ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रतिफल प्रयोजनका लागि योजनाले भदौ १० गत एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा भदौ ९ गतेसम्म कायम इकाईधनीहरुले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०८२ साल वैशाख १९ गतेदेखि सञ्चालनमा रहेको छ । योजनाले पहिलो पहिलो वर्षनै इकाईधनीहरुलाई प्रतिफल वितरण गर्न लागेको हो । यस योजना सञ्चालनका लागि १२ करोड इकाई जारी गरिएको थियो ।