मंगलबार, ९ भदौ २०८३ | ३:१७ PM
गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश नबाँड्ने

गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश नबाँड्ने

लगानीबक्स २८ साउन २०८३ ४:४८ अपराह्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
गरिमा क्यापिटल लिमिटेडको साउन २७ गते बसेको सञ्चालक समितिको ९४औँ बैठकले बाह्य लेखापरीक्षणपश्चात् तयार गरिएको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्दै उक्त आर्थिक वर्षमा कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ।

कम्पनीका अनुसार बैठकले योजनाको आर्थिक वर्ष २०८२/८३ सँग सम्बन्धित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत स्वीकृत गरेको छ।
गरिमा समृद्धि योजना सामूहिक लगानी कोषअन्तर्गत सञ्चालनमा रहेको बन्दमुखी योजना हो। योजनाले चालु आर्थिक अवस्थाको मूल्याङ्कन तथा वित्तीय प्रतिवेदनको आधारमा यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। यस निर्णयसँगै उक्त योजनाका इकाईधनीहरूले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश प्राप्त गर्ने छैनन्।