काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय वित्तीय सुधार गर्दै खुद नाफा १६०.६६ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले गत वर्ष ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १८ करोड ९१ लाख रुपैयाँ मात्र रहेको थियो।
कम्पनीको कुल आम्दानी ९ अर्ब १९ करोड रुपैयाँबाट बढेर ११ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल खर्च पनि ८ अर्ब ६४ करोड रुपैयाँबाट बढेर १० अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीले ५ लाख ९१ हजार ७५७ वटा बीमा पोलिसी बिक्री गरेको जनाएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले दीर्घकालीन क्षेत्रमा २४ अर्ब ३६ करोड रुपैयाँ तथा अल्पकालीन क्षेत्रमा ६ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ। कम्पनीको जीवन बीमा कोष ३६.१२ प्रतिशतले वृद्धि भई १९ अर्ब ८५ करोड रुपैयाँबाट बढेर २७ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
वित्तीय सूचकअनुसार कम्पनीको प्रति शेयर आम्दानी (EPS) ७.८२ रुपैयाँ, प्रति शेयर नेटवर्थ १३१.६० रुपैयाँ तथा प्रति शेयर सम्पत्तिको मूल्य ६८८.२४ रुपैयाँ रहेको छ। यद्यपि कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो भने अघिल्लो वर्षको ३.४२ गुणाबाट घटेर १.७३ गुणामा झरेको छ।
