मंगलबार, ९ भदौ २०८३ | ३:१५ PM
एक्सेल डेभलपमेन्ट बैंकले भदौ २४ गते साधारण सभा गर्ने

एक्सेल डेभलपमेन्ट बैंकले भदौ २४ गते साधारण सभा गर्ने

लगानीबक्स २९ साउन २०८३ १२:५६ अपराह्न

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले भदौ २४ गते वार्षिक साधारण सभा बोलाएको छ । साउन २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल, विर्तामोड, झापामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ०८१।८२ को वार्षिक साधारण सभा गर्न लागेको हो । उक्त वर्षको लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले अन्य बैंक तथा वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्तिमा जाने भए त्यसको सम्पूर्ण जिम्मेवारी सभामार्फत सञ्चालक समितिलाई दिनेछ । सञ्चालकहरुको भत्ता बृद्धि गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

सर्वसाधारण लगानीकर्ताबाट तीन जना सञ्चालक निर्वाचनको कार्यक्रम तय भएको सभाले आर्थिक वर्ष ०८१।८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित समेत गर्नेछ । साथै गत आर्थिक वर्ष ०८२।८२ को लेखापरिक्षणका लागि विआरएस न्यौपाने एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्टस् ज्ञानेन्द्र बहादुर भारीलाई पुनः नियुक्त गर्ने निर्णय सभाले गर्नेछ । सभा प्रयोजनका लागि भदौ ९ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा भदौ ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।