काठमाडौं । मर्जरका लागि सम्झौता गरिसकेका जीवन विकास लघुवित्त र मानुषी लघुवित्तले विशेष साधारण सभामार्फत उक्त प्रस्तावलाई स्वीकृति प्रदान गर्न लागेका छन् । दुबै कम्पनीले भदौ १४ गते विशेष साधारण सभा गर्ने निर्णय साउन २८ गते बसेको सञ्चालक समितिको बैठकबाट गरेका हुन । जीवन विकास लघुवित्तले कम्पनीको केन्द्रीय कार्याले मोरङमा विहान १०ः३० बजे र मानुषी लघुवित्तले होटल भ्यु, जगाती, भक्तपुरमा विहान १०ः३० बजे सभा बोलाएका हुन ।
दुबै कम्पनीले सभाबाट मर्जका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछन् ।
शेयर आदानप्रदान अनुपात निर्धारणका लागि सभामा आवश्यक छलफल हुनेछ । सभा प्रयोजनका लागि भदौ ५ गते एकै दिन दुबै कम्पनीले बुक क्लोज गर्न लागेका छन् । बुक क्लोजको आधारमा भदौ ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित भई छलफलमा भाग लिन सक्नेछन् । यी दुबै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हुन । जीवन विकास लघुवित्तको कुल १७ करोड ५ लाख १२ हजार ३५६ कित्ता र मानुषी लघुवित्तको कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत रहेको छ ।

