मंगलबार, ९ भदौ २०८३ | ३:१७ PM
हिमालयन डिष्टिलरीले १२ महिनामा कमायो १ अर्बभन्दा बढी नाफा 

हिमालयन डिष्टिलरीले १२ महिनामा कमायो १ अर्बभन्दा बढी नाफा 

लगानीबक्स २९ साउन २०८३ २:३१ अपराह्न

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन डिष्टिलरी लिमिटेडले १ अर्ब २० करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म ९४ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष भने २८ दशमलव १४ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा करिब १८ प्रतिशत बढी ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको वस्तु विक्री कम्पनीले गरेको छ । यस अवधिसम्म कम्पनीको सञ्चालन नाफा भने करिब ३२ प्रतिशत बृद्धि भएर १ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँभन्दा बढी छ । चौथो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति ५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी र कुल दायित्व ४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १४१ रुपैयाँ ४३ पैसा छ ।