काठमाडौं । एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासनका लागि आवश्यक समन्वयका लागि परामर्श दाता नियुक्त गरेको छ । कम्प नीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई परामर्शदाताका रुपमा नियुक्त गरेको हो । साउन २९ गते कम्पनीको कार्यालय भरतपुर, चितवनमा एक कार्यक्रमको आयोजना गरी संस्थागत परामर्सदाताको रुपमा क्यापिटललाई नियुक्त गरेको हो । सोही कार्यक्रममा कम्पनीका तर्फबाट अध्यक्ष रबिन अधिकारी र परामर्शदाता कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।
परामर्श दाताको रुपमा नेपाल लाइफ क्यापिटलले कम्पनीलाई पूँजी संरचना सुधार , आईपीओको आकार निर्धारण तथा नियामकीय स्वीकृतिका लागि आवश्यक प्रक्रियाका सम्बन्धमा समन्वयकारी भूकिा निर्वाह गर्नेछ । सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले प्लान्ट न्युट्रिसन, ट्रेस एलिमेन्ट्स तथा गुणस्तरीय कृषि सामग्रीहरु उत्पादन गर्दै आएको छ । सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याएपछि कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ पनि विस्तार गरेको छ ।
कम्पनीले विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व तथा बालीको गुणस्तर बृद्धि, माटोको दीर्घकालीन स्वास्थ्य र दिगो कृषि अध्यासलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्दै आएको छ ।

