काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझ्न सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले कतिपय शेयरधनीहरुले पाँच वर्ष पुराना लाभाश बुझ्न बाँकी रहेकाले यथासिघ्र बुझ्न कम्पनीले सूचना जारी गर्दै अनुरोध गरेको हो । सम्बन्धित शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा सम्पर्क गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
यस कम्पनीले पछिल्लो आर्थिक वर्ष ०८२।८३ को लागि लाभांश प्रस्ताव गरिसकेको छ । अग्राधिकार शेयरधनीका लागि ९ प्रतिशत र अन्य शेयरधनीहरुका लागि १५ प्रतिशत कर समेत नगद लाभांश कम्पनीले प्रस्ताव गरेको हो ।

