मंगलबार, ९ भदौ २०८३ | ३:१४ PM
एनएमबि सरल बचत फण्ड–इ ५.२५ प्रतिशत वितरण

एनएमबि सरल बचत फण्ड–इ ५.२५ प्रतिशत वितरण

लगानीबक्स १ भदौ २०८३ ११:१६ पूर्वाह्न

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड—इ ले गत आर्थिक वर्ष ०८२।८३ को लागि ५ दशमलव २५ प्रतिशत प्रतिफल वितरण गरेको छ। योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडले गत असार मसान्तसम्म कायम इकाई पूँजी ४ अर्ब ८९ करोड १७ लाख ५५ हजार रुपैयाँको ५ दशमलव २५ प्रतिशत प्रतिफल वितरण गरिएको जानकारी दिएको हो । यो योजना खुलामुखी प्रकृतिको योजना हो । प्रस्तावित प्रतिफल प्रयोजनक लागि योजना व्यवस्थापकले साउन २१ गते बुक क्लोज गरिएको छ।

खुलामुखी प्रकृतिको योजना भएकाले प्रतिफल पुनः लगानी योजनामा प्रयोग गर्न मिल्नेछ । इकाईधनीहरुले प्रतिफल रकममा प्रचलित कानून बमोजिम लागू हुने कर र इकाई खरीद गर्दा लाग्ने निर्धारित शुल्क कट्टा गरे पश्चात साउन २१ गतेसम्म कायम लाभांश समायोजित खुद सम्पत्रि मूल्य १० रुपैयाँ ११ पैसाको आधारमा पुनः लगानी योजनामा सहभागी इकाईधनीहरुको हितग्राही खातामा भदौ १ गतेदेखि इकाई जम्मा गरिने जानकारी योजना व्यवस्थापकले दिएको हो ।

एनएमबि क्यापिटल अन्तर्गतका बन्दमुखी तीन योजनाहरु एनएमबि फिफ्टी, एनएमबि हाईब्रिड फण्ड एल–२ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड—२ ले पनि गत आर्थिक वर्षको लागि प्रतिफल प्रस्ताव गरेका छन् । एनएमबि फिफ्टीले ३ दशमलव १५ प्रतिशत, एनएमबि हाईब्रिड फण्ड एल–२ ले ४ दशमलव ५९ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड—२ ले १० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका हुन । यी योजनाको प्रतिफल प्रयोजनका लागि भदौ ८ गते एक दिन बुक क्लोजको मिति तय भएको छ ।