मंगलबार, ९ भदौ २०८३ | ३:१४ PM
माछापुच्छ्रे क्यापिटलले ७ प्रतिशत लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा 

माछापुच्छ्रे क्यापिटलले ७ प्रतिशत लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा 

लगानीबक्स १ भदौ २०८३ १२:०४ अपराह्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले भदौ २४ गते वार्षिक साधारण सभा बोलाएको छ । साउन २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले बालुवाटार प्यालेस बैंक्वेट, गैह्रीधारा, काठमाडौंमा अपरान्ह १२ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८२।८३ को लागि ७ प्रतिशत कर समेत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वषको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ ।