मंगलबार, ९ भदौ २०८३ | ३:१४ PM
सिद्धार्थ बैंकको ४ लाख ६९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर…

सिद्धार्थ बैंकको ४ लाख ६९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

लगानीबक्स २ भदौ २०८३ १२:४२ अपराह्न

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले भदौ २ गते कुल ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ५७ हजार ४७९ कित्ता विद्यमान संस्थापक शेयरधनीहरुले मात्र र ३ लाख ११ हजार ६४३ कित्ता अन्य व्यक्ति तथा संस्थाहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । यी शेयर खरीदका लागि भदौ २ गतेदेखि ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

त्यस्तै अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरीदका लागि भने भदौ २ गतेदेखि सात दिनभित्र आवेदन पेश गर्न सकिनेछ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री खुला गर्दा वितरण नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गर्न लागेको हो । आवेदन कमपनीको केन्द्रिय कार्यालय नक्साल,काठमाडौंमा पेश गर्नुपर्नेछ ।