मंगलबार, ९ भदौ २०८३ | ३:१५ PM
सांग्रिला डेभलपमेन्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने 

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने 

लगानीबक्स २ भदौ २०८३ १:०० अपराह्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को सञ्चित मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । भदौ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरि आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीले गत वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ दशमलव ३६ प्रतिशत गरि कुल १० दशमलव ३६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस कम्पनीले लाभांश वितरणलाई निरन्तरता दिदैं आएको छ ।