मंगलबार, ९ भदौ २०८३ | २:३० PM
सिद्धार्थ क्यापिटल अन्तर्गतका  दुई बन्दमुखी योजनाले मात्र प्रतिफल दिने 

सिद्धार्थ क्यापिटल अन्तर्गतका  दुई बन्दमुखी योजनाले मात्र प्रतिफल दिने 

लगानीबक्स २ भदौ २०८३ १:२७ अपराह्न

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेड अन्तर्गतका बन्दमुखी प्रकृतिका चार योजनाहरुमध्ये दुई योजनाहरुले मात्र प्रतिफल दिने भएका छन् । यस योजना अन्तर्गत बन्दमुखी प्रकृतिका सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड–२ , सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम –३ योजना सञ्चालनमा रहेका छन् ।

यी चार ओटै योजनाहरुको गत आर्थिक वर्ष ०८२।८३ को वार्षिक लेखापरिक्षण कार्य सम्पन्न भएको अवस्थामा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम —२ ले ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले १० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन ।

सिद्धार्थ इक्विटी फण्ड, र सिद्धार्थ इक्विटी फण्ड–२ ले भने गत आर्थिक वर्षका लागि लाभांश वितरण गर्ने निर्णय गरेका छन् । प्रतिफल अर्थात लाभांश प्रस्ताव गरेका दुई योजनाहरुले बुक क्लोजको मिति पछि तय गर्ने जानकारी योजना व्यवस्थापकले दिएको छ ।