शुक्रबार, ५ भदौ २०८३ | ९:१८ AM
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

लगानीबक्स ३ भदौ २०८३ ९:२३ अपराह्न

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक रावललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। विभिन्न सञ्चारमाध्यमहरूले पनि उनको नियुक्ति पुष्टि गरेका छन्।

रावल हाल नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए र बैंक सुपरिवेक्षण तथा नियमन क्षेत्रमा लामो अनुभव भएका अधिकारीका रूपमा चिनिन्छन्।