काठमाडौं । माण्डु हाइड्रोपावरको दुई आर्थिक वर्षको कुल २२ दशमलव ५३ प्रतिशत लाभांश भदौ ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०८१।८२ को लागि १० दशमलव ५३ प्रतिशत र गत आर्थिक वर्ष ०८२।८३ को लागि पनि कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव गरेको कम्पनीले भदौ १८ गते बोलाएको साधारण सभा प्रयोजनका लागि भदौ ५ गते एक दिन बुक क्लोज गर्दैछ । यस आधारमा भदौ ४ गतेसम्म कम्पनीको शेयर कायम राख्ने शेयरधनीहरुले मात्र उल्लेखित लाभांश प्राप्त गर्नेछन् ।
कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा दुबै वर्षको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
