बिहीबार, ४ भदौ २०८३ | ९:२५ PM
स्वस्तिक लघुवित्तले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 

स्वस्तिक लघुवित्तले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 

लगानीबक्स ४ भदौ २०८३ १२:१७ अपराह्न

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ २७ गतेका लागि बोलाएको सातौं वार्षिक साधारण सभाको प्रस्तावमा २०० प्रतिशत हकप्रद शेयर माग गर्ने उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकको अनुमति पाएमा कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने प्रस्ताव गरेको कम्पनीले त्यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । सर्वसाधारण सशेयरधनीहरुको तर्फबाट एक जना महिना सहित दुई सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । योसँगै आर्थिक वर्ष ०८१।८२ कोे वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र गत आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

सभा प्रयाजनका लागि कम्पनीले भदौ ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा भदौ ८ गते शुक्रवारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।