बिहीबार, ४ भदौ २०८३ | ९:३१ PM
आईपीओ निष्कासनको तयारीमा रहेको वाटर इनर्जीले भदौ २६ गते बोलायो…

आईपीओ निष्कासनको तयारीमा रहेको वाटर इनर्जीले भदौ २६ गते बोलायो साधारण सभा

लगानीबक्स ४ भदौ २०८३ १२:४३ अपराह्न

काठमाडौं । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव २०८२ साल पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरिसकेको वाटर इनर्जी सोलुसन लिमिटेडले भदौ २६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
भदौ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय कौसलटार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८२।८३ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै आईपीओ निष्कासनको निम्ति आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।