काठमाडौं । हिमालयन बैंक लिमिटेडले परिपक्व भएको ऋणपत्रको साँवा तथा ब्याज भदौ ९ गते मंगलवारदेखि भुक्तानी गर्ने भएको छ । कम्पनीले १० प्रतिशत ब्याजदर रहको ७ वर्ष अवधिको हिमालयन बैंक डिबेञ्चर , २०८३ जारी गरेको थियो । कम्पनीले जारी गरेको प्रतिऋणपत्र १ हजार रुपैयाँ दरको २५ लाख ६९ हजार १०४ कित्ता ऋणपत्र भदौ ८ गतेदेखि परिपक्व भएको हो । ऋणपत्र परिपक्व भएपछि कम्पनीले साँवा तथा खण्डित अवधिको अन्तिम किस्ता ब्याज रकम कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेडको कमलादी, काठमाडौंबाट फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ ।
साँवा तथा ब्याज रकम सम्बन्धित ऋणपत्रधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिने भनाई कम्पनीको छ । ऋणपत्र परिपक्व भएसँगै धितोपत्र दोस्रो बजारमा सूचीकृत यस गराएको ऋणपत्रको सूचीकरण खारेज हुने भएको छ ।

