सोमबार, ८ भदौ २०८३ | १२:२६ PM
ठमेल प्लाजा होटलले भदौ ३१ गते बोलायो साधारण सभा

ठमेल प्लाजा होटलले भदौ ३१ गते बोलायो साधारण सभा

लगानीबक्स ८ भदौ २०८३ ११:२१ पूर्वाह्न

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित भदौ ३१ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा कपनीको सभाकक्ष, ठमेल, काठमाडौंमा विहान ९ बजे सुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने निर्णय भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने स्वीकृति प्रदान गर्नेछ । व्यवसाय विस्तारका लागि जग्गा खरीद गर्ने तयारी गरेको कम्पनीले त्यसको जिम्मेवारी पनि सञ्चालक समितिलाई दिनेछ ।

साथै गत आर्थिक वर्ष ०८२।८३ को वार्षिृक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ २४ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा भदौ २३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

काठमाडौंको ठमेलमा सञ्चालनमा रहेको यो होटल चारतारे होटल हो । यस होटलभित्र रेष्टुरेन्ट, बार, स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा, रुप सर्भिस तथा एयरपोर्ट शट लगाएतका सुविधा छन् । यस कम्पनीले सर्वसाधारण १० लाख कित्ता आईपीओ अंकित मूल्यमै निष्कासन गर्ने योजना बनाएको हो । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ।