सोमबार, ८ भदौ २०८३ | १२:५७ PM
सानिमा ग्रोथ फण्डले ५ प्रतिशत फतिफल दिने 

सानिमा ग्रोथ फण्डले ५ प्रतिशत फतिफल दिने 

लगानीबक्स ८ भदौ २०८३ ११:५५ पूर्वाह्न

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा ग्रोथ फण्डले गत आर्थिक वर्ष ०८२।८३ को लागि ५ प्रतिशत प्रतिफल दिने भएको छ । भदौ ५ गते बसेको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले कर समेत उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य १० रुपैयाँ ५४ पैसा छ । प्रस्तावित प्रतिफलका लागि योजना व्यवस्थापकले भदौ १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म कायम इकाईधनीहरुले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।