सोमबार, ८ भदौ २०८३ | १२:५७ PM
प्रभु क्यापिटलका दुई बन्दमुखी योजनाले १२ प्रतिशत लाभांश वितरण गर्ने 

प्रभु क्यापिटलका दुई बन्दमुखी योजनाले १२ प्रतिशत लाभांश वितरण गर्ने 

लगानीबक्स ८ भदौ २०८३ १२:०८ अपराह्न

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई बन्दमुखी प्रकृतिका योजनाहरुले गत आर्थिक वर्ष ०८२।८३ का लागि १२ प्रतिशत नगद लाभांश वितरणो प्रस्ताव गरेका छन् । प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले समान रुपमा कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका हुन । भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले गरेको लाभांश प्रस्तावका लागि बुक क्लोजको मिति भने तय हुन बाँकी छ ।

बुक क्लोजको आधारमा इकाईधनीहरुले यी योजनाहरुको लाभांश प्राप्त गर्नेछन् । सात वर्षे अवधिको प्रभु सेलेक्ट फण्डको असार मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य १३ रुपैयाँ ४ पैसा र १० वर्षे अवधिको प्रभु स्मार्ट फण्डको असार मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य १४ रुपैयाँ ३ पैसा छ ।