सोमबार, ८ भदौ २०८३ | १२:१५ PM
सनराईज फोकस्ड इक्वीटी फण्डको ४.५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव

सनराईज फोकस्ड इक्वीटी फण्डको ४.५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव

लगानीबक्स ८ भदौ २०८३ १२:१५ अपराह्न

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराईज फोकस्ड इक्वीटी फण्डले गत आर्थिक वर्ष ०८२।८३ को लागि ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले कर समेत उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भने तय हुन बाँकी छ । बुक क्लोजको मितिका आधारमा तय भएका इकाईधनीहरुले मात्र योजनको लाभांश प्राप्त गर्नेछन् । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको असार मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ४५ पैसा छ ।