आइतबार, २५ असोज २०८३ | ५:२७ AM
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेका १० निर्णय

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेका १० निर्णय

लगानीबक्स १० भदौ २०८३ ४:५४ अपराह्न

काठमाडौं । आज नेपाल सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय तहहरूलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको हो ।