काठमाडौं । रसुवाको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको छ। उक्त कोषमा प्राप्त सहयोग रकमलाई एकद्वार प्रणालीमार्फत संकलन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग हस्तान्तरण ग्रहण गर्नुभएको छ।
यसैबीच, कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवा बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका उच्च अधिकारीहरूले अर्थमन्त्री वाग्लेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिइरहेका बेला विभिन्न बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र अन्य संघसंस्थाबाट समेत सहयोग जुट्ने क्रम जारी रहेको छ।
