काठमाडौं । रिलायबल भेन्चर क्यापिटल लिमिटेडको २ लाख ३९ हजार कित्ता संस्थापक शेयर भदौ १२ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता १२६ रुपैयाँ १ पैसा मूल्यमा यी शेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्तामा यी शेयर विक्री खुला गरेको हो । यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरुले भदौ १२ गतेदेखि लागू हुने गरी १५ दिनभित्र कम्पनीको कार्यालय बालुवाटार, काठमाडौंमा आवेद पेश गुर्नपर्नेछ ।
आवेदन दिँदा कम्तिमा ५ हजार कित्तादेखि बढीमा १ लाख २० हजार कित्ताम्म माग गर्न सकिने व्यवस्था छ । शेयर खरीद मूल्य प्रष्ट रुपमा खुल्ने गरी गोप्य शिलबन्दी दरभाउ पत्र पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
लगानीकर्तालाई दीर्घकालीन मूल्य सिर्जना गर्दै लगानी गरिएका कम्पनी वा समुदायमा सकारात्मक आर्थिक प्रभाव पार्नु यो कम्पनीको मुख्य उदेश्य हो । कम्पनीले स्टार्टअप तथा स्केलअप व्यवसाय, निजी इक्विटी, सूचीकृत कम्पनीको शेयर, पूर्वाधार आयोजना, कृषि, हरित उर्जा, रियल स्टेट, फिनटेक तथा अन्य प्रविधिमूलक व्यवसायमा लगानी गर्दछ ।
