शनिबार, २४ असोज २०८३ | ७:०२ AM
दरम खोला हाइड्रो इनर्जीको भदौ १४ गतेका लागि तय भएको…

दरम खोला हाइड्रो इनर्जीको भदौ १४ गतेका लागि तय भएको साधारण सभा स्थगित 

लगानीबक्स १४ भदौ २०८३ २:४१ अपराह्न

काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले भदौ १४ गतेका लागि तय गरेको वार्षिक साधारण सभा स्थगित गरेको छ । भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रसुवाको बाढीका कारण केहि कम्पनीको शेयरधनीहरु सभामा उपस्थिति हुन नसक्ने भएपछि अर्को सुचना नभएसम्मका लागि स्थगित र्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारण समूहबाट तीन जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम तय थियो । साथै गत आर्थिक वर्ष ०८२।८३ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले पारित गर्ने प्रस्ताव तय थिए । यी सबै प्रस्ताव पारितका लागि कम्पनीले पुनः सभा आव्हान गर्नेछ ।