काठमाडौं । ग्लोबल आइएमई सेक्युरिटिजले ३ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । भदौ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बेठकले असोज ४ गते वार्षिक साधारण सभाका लागि नगद लाभांश प्रस्ताव तय गरेको हो । सभा होटल क्रिष्टल पशुपति, गौशालामा विहान १० बजे सुरु हुनेछ ।
सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष ०८२।८३ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाका लागि तय भएको छ । नियामको स्वीकृति लिई कम्पनीको उदेश्य थप गर्ने र त्यसका लागि प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । ब्रोकर नम्बर ८९ मार्फत यस कम्पनीले धितोपत्र दोस्रो बजारमा ब्रोकर कम्पनीको रुपमा सेवा प्रदान गरिरहेको छ ।
