शनिबार, २४ असोज २०८३ | ७:०२ AM
निफ्राले यो वर्ष ५.२६ प्रतिशत नगद दिने

निफ्राले यो वर्ष ५.२६ प्रतिशत नगद दिने

लगानीबक्स १५ भदौ २०८३ ११:०१ पूर्वाह्न

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष ०८२।८३ को लागि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस कम्पनीले आर्थिक वर्ष ०७७।७८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ ।

भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको आधारमा कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष ६ दशमलव ३२ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको कम्पनीले यो वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।