काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ ले यस वर्ष २ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । भदौ ११ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कर समेत २ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश प्रयोजनका लागि योजना व्यवस्थापकले भदौ २४ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा भदौ २३ गतेसम्म कायम इकाईधनीहरुले मात्र लाांश प्राप्त गर्न सक्नेछन् । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको या योजना २०८१ साल पुस ४ गतेदेखि सञ्चालनमा रहेको छ ।
