काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले यस वर्ष १० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । भदौ १६ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यस कम्पनीले लाभांश वितरणलाई निरन्तरता दिँदै आएको छ । गत वर्ष भने कम्पनीले १५ दशमलव ७९ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरि वितरण हुनेछ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ छ । सोही पूँजीका आधारमा कम्पनीले १२ करोड ४५ लाख ७५ हजार रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्न लागेको हो ।
