काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई बन्दमुखी प्रकृतिका योजनाहरु प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् । प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्ष ०८२/८३ का लागि १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन । बुक क्लोजको आधारमा भदौ २४ गतेसम्म कायम इकाईधनीहरुले मात्र यी योजनाको प्रतिफल प्राप्त गर्नेछन् ।
भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले प्रतिफल वितरणको प्रस्ताव गरेका थिए । बुक क्लोज पछि यी योजनाको प्रतिफल वितरण हुनेछ । सात वर्षे अवधिको प्रभु सेलेक्ट फण्डको असार मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य १३ रुपैयाँ ४ पैसा र १० वर्षे अवधिको प्रभु स्मार्ट फण्डको असार मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य १४ रुपैयाँ ३ पैसा छ ।
