शुक्रबार, २३ असोज २०८३ | ५:३६ AM
नेपाल बैंकमा सञ्चालक परिवर्तन

नेपाल बैंकमा सञ्चालक परिवर्तन

लगानीबक्स १६ भदौ २०८३ ५:३८ अपराह्न

काठमाडौं । नेपाल बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएका छन् । नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल, सञ्चालक अमृत लम्साल र सर्वसाधारण शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवन कुमार कट्वाल समितिबाट विदा भएका छन् ।

सञ्चालक समितिमा नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी, देवराज जोशी र कर्मचारी सञ्चयकोषबाट सुवाष खड्का नियुक्त भएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो ।