काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यस वर्ष १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । यस वर्ष कम्पनीले अघिल्ला तीन आथिक वर्षभन्दा बढी लाभांश दिन लागेको हो । गत वर्ष ८ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष ०८०।८१ मा ५ दशमलव ५ प्रतिशत र आर्थिक वर्ष ०७९÷८० मा ९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
