काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७६ सालमा जारी गरेको सात वर्षे अवधिको ऋणपत्र भदौ २५ गतेपछि परिपक्व हुने भएको छ । कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता ऋणपत्र १० दशमलव २५ प्रतिशत ब्याजदर कायम रहने गरी जारी गरेको थियो । २०७६ साल भदौ १६ गते बाँडफाँट भएको उक्त ऋणपत्र २०७६ साल कात्तिक ५ गते दोस्रो बजारमा सूचीकृत भएको थियो ।
ऋणपत्र परिपक्व भएपछि दोस्रो बजारको सूचीकरण खारेज हुनेछ । सम्बन्धित ऋणपत्रधनीहरुले भने पाकेको ब्याज रकम र साँवा रकम फिर्ता पाउनेछन् ।
