शनिबार, २४ असोज २०८३ | ७:०२ AM
आइसिएफसि फाइनान्सले असोज १३ गते बोलायो साधारण सभा,१०.५३ प्रतिशत लाभांश…

आइसिएफसि फाइनान्सले असोज १३ गते बोलायो साधारण सभा,१०.५३ प्रतिशत लाभांश पारित हुने

लगानीबक्स १९ भदौ २०८३ २:५६ अपराह्न

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले असोज १३ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बौद्ध हेरिटेज, बौद्ध, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले १० दशमलव ५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । भदौ १६ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत वर्ष भने कम्पनीले १५ दशमलव ७९ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ छ । सोही पूँजीका आधारमा कम्पनीले १२ करोड ४५ लाख ७५ हजार रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्न लागेको हो ।

प्रस्तावित लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तिको विषय पनि सभाले टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज २ गते शुक्रवारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।