शनिबार, २४ असोज २०८३ | ७:०१ AM
समता घरेलु लघुवित्तको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

समता घरेलु लघुवित्तको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

लगानीबक्स २४ भदौ २०८३ १२:०९ अपराह्न

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ हजार ४१७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । भदौ २३ गतेदेखि कम्पनीले उल्लेखित कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन पेश गर्न सक्नेछन् ।

इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ।